काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, तिनताप्केमा वमजस्तो देखीने प्रेसरकुकुर बम फेला परेको छ ।

कुकरमा तार समेत जोडिएकाले बम हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यस्तै केहीबेरमै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्ने प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दको क्रममा मकवानपुरका विभिन्न स्थानमा शंकास्पद वस्तुले सर्वसाधरणमा त्रास फैलाएको छ ।

नेकपाले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बिहिबार नेपाल बन्दको आह्वान गरेको हो । विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।

त्यसैगरि गण्डकी प्रदेशसभा भवन प्रवेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ ।

नदिपुरमा रहेको प्रदेशसभा भवन प्रवेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

जिरोकिमी नजिकै पनि शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उता बागलुङमा बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधारा चोकमा शंकास्पद बस्तु फेला परेको छ ।

सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको छ । शंस्कास्पद बस्तु पाइप बम भएको स्थानीयको आशंका छ ।

शंकास्पद बस्तु बम हो वा होइन भन्नेबारे चेकजाँच गरेपछि मात्र भन्न सकिने अवस्था रहेको बागलुङका एसपी कृष्णहरी शर्माले बताउनुभयो ।

यता पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको बताइएको छ । विस्फोटले गाउँपालिका भवनको सबै सिसाहरु फुटेर क्षति पुगेको एक प्रतक्ष्यदर्शीले बताएको छन् ।

Comments