मेलबर्न । अष्ट्रेलिया सरकारले एयरपोर्ट नियममा कडाइ गरेको छ । अष्ट्रेलियामा यही अप्रिल १७ देखि नियम विपरितको सामान ल्याउँदा भिसा क्यान्सल समेत हुन सक्ने नियम लागु हुँदैछ ।

सरकारले अष्ट्रेलिया आउँदा ल्याउन हुने र नहुने सामानको नयाँ सुची समेत सार्वजनिक गरेको छ । खानेकुरा ल्याउँदा अब दुधबाट बनेका परिकार जस्तै, मिठाइ, पनिर् आदि ल्याउन पाइने छैन । त्यस्तै फलफुल, मसलाहरु, ड्राइ फ्रुट ल्याउन पाइने छैन । सुकाएको जडिबुटी, कफी, ब्रेड, चकलेट, बिस्कुट ल्याउन पाइनेछ ।

औषधि ल्याउनु परेमा औषधि सहित डाक्टरले लेखिदिएको प्रेसक्रिप्सन कागज पनि संगै हुनुपर्नेछ । प्रेसक्रिप्सन कागज आधिकारिक र अंग्रेजी भाषामा लेखिएको हुनुपर्नेछ ।

बिरुवाहरु ल्याउँदा कृषि तथा जल विभागको स्वीकृति लिएको भएमा मात्र ल्याउन पाइनेछ ।

के ल्याउन हुने र के ल्याउन नहुने भन्ने सम्पूर्ण सुचीको लागि यहाँ क्लिक गर्नुहोस्

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments