मेलबर्न । बहुप्रतिक्षित नेपाली चलचित्र दालभात तरकारीको वल्र्ड प्रिमियरसँगै अष्ट्रेलियाको मेलबर्नमा पनि प्रिमियर हुने भएको छ ।

हैट क्रियसन एण्ड इन्टरटेन्टमेन्ट र हाम्रो इभेन्टस्ले आगामी मे ३,५ र ६ तारिखमा मेलबर्नमा चलचित्र दालभात तरकारीको प्रिमियर गर्न लागेको हो । चलचित्र प्रदशन मेलबर्नको चाइना टाउन सिनेमा हलमा हुनेछ ।

हरिवंश आचार्यको लेखन रहेको चलचित्र दालभात तरकारी विदेशिन मरिहत्ते गर्ने नेपालीको स्वभावलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको यही साता रिलिज चलचित्रको ट्रेलरले देखाउछ । मह सञ्चारको प्रस्तुतिमा बनेको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा सुदन केसीको डेब्यू निर्देशन रहेको छ ।

दालभात तरकारीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा निरुता सिंह,पुष्पल खड्का,वर्षा राउत र आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको भिजिट भिसामा र दालभात तरकारी बोलका दुवै गीतहरु अत्याधिक लोकप्रिय बनिसकेका छन् ।

Comments

comments