संवैधानिक राजनीतिक संवाद तथा सहमतिसमितिलाई संविधानका विवादित विषयमा सहमति जुटाउन दिइएको समय आज सकिदैछ ।

दुई पटक संविधानको म्याद थप्दासमेत सहमति हुन नसकेपछि तेस्रो पटक म्याद थपिएको थियो । सहमतिका लागि आजसम्मको समय तोकिएको भएपनि भोलि ५ बजे सम्म छलफल गरेर सहमतिमा जाने वा प्रकृयामा लैजाने भन्ने विषयको टुङ्गो लाग्ने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । सिंहदरवारमा बोलाइएको बैठकमा संविधानका मुख्य विवादित विषयमा केन्द्रित भएर छलफल हुँदैछ । दलहरुबीच राज्य पुनरसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति हुन बाँकी छ ।  आजसम्म पनि  सहमति हुन नसके संवाद समितिले भोलि प्रश्नावली बनाएर संविधानसभामा बुझाउनुपर्ने छ ।

यसैबीच सहमतिको प्रयास स्वरुप हिजो दिनभर छलफलमा बसेका दलहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । तर बैठकको समय र स्थान भने तय भइसकेको छैन । कार्यतालिका अनुसार प्रकृयामा गएर सहमति जुटाउनुपर्ने पक्षमा कांग्रेस एमाले देखिएका छन् भने एकीकृत माओवादीसहित केही मधेसवादी दलहरुले भने सहमतिकै आधारमा अघि बढ्नुपर्ने अडानमा छन् ।

Comments