मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को सुटिङ सेट ज्वाइन गरेकी छन् ।

उनले सोसल मिडियाको माध्यमबाट फिल्ममा आफ्नो फर्स्टलुक साझेदार गरेकी छन् । ुदबंगु फ्रेन्चाइजको तेस्रो पार्टमा पनि उनको लुक्स अघिल्ला दुई पार्टसँग मिल्दोजुल्दो छ । यो फिल्ममा सोनाक्षीको फर्स्टलुक दर्शकलाई निकै मनपरेको छ ।

इन्स्टाग्राममा आफ्नो फर्स्टलुक साझेदार गर्दै उनले क्याप्सन लेखेकी छन्,’रज्जो फर्किएकी छे ।  दबंगदेखि दबंग ३… म घरमा फर्किएको हुँ । यो मेरो सुटिङको पहिलो दिन हो । मलाई शुभकामना दिनुहोस् ।’

फिल्ममा उनी बलिउड सुपरस्टार सलमान खान उर्फ चुलबुल पाण्डेको श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

दबंग सिरिजको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो, जसलाई अनुराग कश्यपले निर्देशन गरेका थिए । यही फिल्मबाट अभिनेत्री सोनाक्षीले डेब्यू गरेकी थिइन् । दबंग २ भने सलमानका भाई अरबाज खानले निर्देशन गरेका थिए । उनी दबंग सिरिजका निर्माता समेत हुन् ।

Comments