काठमाडौँ । चैत्र शुक्ल प्रतिपदा अर्थात चैत २३ गते शनिबारदेखि नयाँ संवत्सर सुरु भएको छ । शनिबार बिहानीको सूर्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि सुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ । परिधावी नामक संवत्सरको ग्रहपरिषदमा शनी राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिले जनाएको छ ।

देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषदले गर्ने शास्त्रीय मान्यता छ । शनीलाई सूर्यको छोरा मानिन्छ । बाबु छोरा भए पनि यी दुई ग्रहबिच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ ।

Comments

comments