भरतपुर । चितवनमा एकै परिवारका ३ जनाले एकसाथ आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एक परिवारका आमासहित २ सन्तानले पनि आत्महत्या गरेका हुन् । मृतकहरुमा अन्दाजी ३३/३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/ १४ वर्षीया छोरी विनिता र अन्दाजी ११/ १२ वर्षीय छोरा विवेक रहेका छन् । प्रहरीका अनुसार उनीहरुले घरभित्रै एकैस्थानमा ३ वटा सलको पासो लगाएर आत्महत्या गरेका हुन् ।

एकै स्थानमा ३ जना आत्महत्या गरेपछि घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

 

Comments

comments