काठमाडौँ । पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन् ।

आइतबार झापा र मोरङमा हुने कार्यक्रमका लागि गएका प्रधानमन्त्री ओली बारा र पर्सामा हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको तथा ६ सय भन्दा बढि घाइते भएपछि सीधै प्रभावित क्षेत्र जाने भएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारका अनुसार बिहान १० बजेपछि प्रधानमन्त्रीसहितको टोली हेलिकप्टर मार्फत बारा जाने छ ।अधिकारले भने, ‘अहिले प्रधानमन्त्री ज्यूको टोली दमकमा छ । यहाँका कार्यक्रम छोट्याएर उहाँ भद्रपुर विमानस्थलबाट स्काइट्रक  मार्फत बारा जाने तयारी छ ।’

हेलिकप्टर काठमाडौँबाट भद्रपुर जाँदैछ । प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको अवलोकन गर्ने तथा पीडितसँग भेट्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री राजधानी फर्केपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ ।

Please follow and like us:

Comments