काठमाडौं । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ ।

सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भएपनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो ।

सामान्यतया मन्त्रीको भ्रमण मन्त्रिपरिषद्ले अस्वीकृत गर्ने चलन छैन । तर योपटकको भ्रमण के कारणले रद्द भयो भन्नेबारेमा जानकारी नभएको खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले जानकारी दिनुभयो ।, नागरिक दैनिकमा समाचार छ ।

अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौँको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणका कडाइ गर्न थालेको हो । पछिल्लो तीन महिनामा मात्र मन्त्रीको विदेश भ्रमणमा करिब २ करोड रुपैयाँ व्ययभार थपिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments