काठमाडौं । बारा र पर्सामा आएको हुरी र भुमरीमा परेर ३२ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् भने ७ सय भन्दा बढी प्रभावित भएका छन् । नयाँ पत्रिकामा समाचार छ ।

बाराको फेटा प्रहरी चौकीका इन्सपेक्टर मोहनलाल श्रेष्ठले आइतबार राती नयाँपत्रिकासँग भने, ‘अहिले म उद्दारमै छु । धेरै डिटेलमा बोल्न सक्दिँन । भुमरीले घरहरु भत्किएका छन् । मान्छेहरु पुरिएका छन् । उनीहरुलाई निकाल्ने क्रम जारी छ । कतिपय ठाउँमा डोजर चलाएर उद्धारको प्रयास जारी छ ।’

इन्स्पेक्टर श्रेष्ठले थपे, ‘एम्बुलेन्समा घाइते अटेका छैनन्, त्यसैले कतिपयलाई ट्याक्टरमा लैजानुपरेको छ । रुख र बिजुलीको पोल ढलेका छन्, कतिपय ठाउँमा बाटो अवरुद्ध छ । त्यसैले स्ट्रेचरमा राखेर घाइतेलाई अस्पताल पुर्याइदै छ । कतिपय क्षेत्रमा सञ्चार पनि अवरुद्ध रहेकोले क्षतिको एकिन विवरण आउन बाँकी छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments