एजेन्सी । अभिनेत्री प्रियंका चोपडा तथा गायक निक जोनस सम्बन्ध विच्छेदको बाटोमा रहेका छन् । एक म्यागजिनले सो कुरा प्रकाशित गरेपछि भारतका संचार माध्यममा यो खबर फैलिएको छ ।

समाचारहरुका अनुसार, निक जोनसको घरले प्रियंका परिपक्क, परिवारको जिम्मेवारी बहन गर्ने व्यक्ति होलिन्, भन्ने अपेक्षा राखेको थियो । तर प्रियंका भने आफ्नो मनखुशी काम गर्ने, पार्टीगर्ल भएको कुरा विवाह पछि मात्र निकको परिवारले थाहा पायो । सम्बन्ध लामो नहुँदै विवाह गरेका निकले प्रियंका छिटो रिसाउने र आफू माथी कन्ट्रोल गर्न खोज्ने भएको विवाह पछि मात्र थाहा पाए । त्यसैले विभिन्न विषयमा निक र प्रियंका बीच झगडा हुँदै आएको छ ।

निकको परिवारले उनलाई प्रियंकासंग सम्बन्ध विच्छेद गर्न सल्लाह दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments