काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न ३३ पदका लागि कर्मचारी नियुक्तिको विज्ञापन खुलाएको छ । कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुरले वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका पदमा आवेदन माग गरेको छ । कोषले खुल्ला र समावेशी दुवैतर्फ कर्मचारी मागेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा १ – १ उपप्रबन्धक( चार्टर्ड एकाउन्टेन) मा खुल्ला र महिला गरी ३ तथा सोही पदमा वित्त विश्लेषकका २ पदमा आवेदन माग गरेको छ ।
यसैगरी सहायक प्रबन्धकमा खुल्लातर्फ १० र महिला, आदीवासी, जनजाति, मधेसी, दलित र अपांगमा ७ गरी १७ पदमा स्थायी नियुक्तिका लागि आवेदन माग गरेको हो ।

त्यस्तै, सहायक प्रबन्धक (कम्पयुटर) मा १ र सहायकतर्फ खुल्लामा ४ सहित ७ वटा पदमा आवेदन खुल्ला गरेको हो । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments