काठमाडौं । नेपाल बार एशोसियसनको २५ औैं कार्यसमितिका लागि आज शनिवार मतदान हुँदैछ ।

सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपानिकट प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा उत्रेका छन् भने अहिले बारकै महासचिव रहेका अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा विपक्षी कांग्रेसनिकट कानून व्यवसायीहरु लोकतान्त्रिक समूह बनाएर प्रतिस्पर्धामा छन् । श्रेष्ठ र पोखरेल दुवै प्यानलले आफ्नो जित सुनिश्चि भएको दाबी गरेका छन् ।

३५ केन्द्रबाट हुने मतदानमा केन्द्रीय कार्यसमितिका साथै प्रदेश कार्यसमितिका पनि मतदान हुनेछ । चुनावमा देशभरका दश हजार ३ सय जना कानुन व्यवयासी मतदाताका रुपमा रहेका छन् । जसमध्ये ६ हजार पाँच सय काठमाडौं उपत्यकाभित्र र तीन हजार पाँच सय कानुन व्यवसायीले आफ्नै जिल्लाबाट मतदान गर्नेछन् ।

Comments