सिड्नी । अष्ट्रेलियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको छ ।

बिहिबार बिहान पाँच जना नेपालीहरु कारमा सिड्नीबाट अल्बरीतर्फ गइरहेका थिए । यसै क्रममा करिब साढे सात बजेको समयमा ह्युम हाईवे मुलेन्ड्रामा घटना घटेको हो ।

तिव्र गतीमा चलिरहेको कार अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार सडक छेउको रुखमा ठोक्किएर बल्ड्याङ खाँदै दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । उनी गाडीको अघिल्लो सिटमा बसेका थिए । त्यस्तै, गाडी चलाएका बलराम पराजुली गम्भीर घाइते भएका छन् । उनको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा रेफर गरिएको छ । दुर्घटनामा परि घाइते हुने अन्य तीन जनामा अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदी रहेका छन् । उनीहरुको अल्बरी अस्पतालमा उपचार भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments