एजेन्सी । चार छोराकी आमाले महिलाहरुले लेगिङ्ग्स लगाउनाले छोराहरु बिग्रने डर भएको बताएपछि उनी तिव्र आलोचना भएको छ । उनका छोराहरुले इन्डियानाको नट्रे ड्याम युनिभर्सिटीमा पढ्छन् । ती आमाले स्टुडेन्ट साइटमा गएर उक्त कुरा पोस्ट गरेकी हुन् ।

ती आमाले पोस्टमा भनेकी छिन्, ” लेगिङ्ग्स लगाउने महिलाहरुको सबै अंगको आकार प्रष्ट देखिन्छ । जसले गर्दा केटाहरुलाई कामुक बनाउँछ । त्यसैले छोराहरुलाई सबै महिलालाई सम्मान गर भनेर सिकाउन समेत मलाई गाह्रो भइरहेको छ । महिलाहरुले लेगिङ्ग्स लगाउन छोड्नुपर्छ र कम्पनीहरुले पनि उत्पादन बन्द गर्नुपर्छ” ।

उक्त पोस्ट पछि ती आमाको सामाजिक संजालमा तिव्र आलोचना भइरहेको छ । महिलाहरुले लेगिङ्ग्स लगाएर फोटोहरु पोस्ट गरिरहेका छन् भने पुरुषहरुले समेत लेगिङ्ग्स लगाउन बन्द गर्ने होइन पहिले आफ्नो सोंच र त्यसपछि छोराहरुको सोंचमा परिवर्तन ल्याउन सुझाव दिएका छन् ।

Photo Source : Today Show

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments