वीरगञ्ज । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश, २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

महाययज्ञको तयारीका काममा भने दलितहरु खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए । उनीहरुले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरुलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए । महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरुलाई पूजामा बस्न नदिएको चमाले बताए । यो समाचार तिवारी यादवले नयाँ पत्रिकामा लेखेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments