काठमाडौं । एसईई परीक्षा अन्तर्गत आज शुक्रवार हुने सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएको छ ।

प्रदेश २ अन्तर्गत आज हुने सामाजिक विषयको प्रश्नपत्र सामाजिक सञ्जाल मार्फत विहीवार राति नै आउट भएको हो । तर यसको पुष्टि भने अझै हुन बाँकी छ ।

प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले आउट भएको प्रश्नपत्र अधिकारिक हो वा होइन भन्ने विषयमा छलफल भैरहेको बताउनुभयो । प्रश्नपत्र मिलान गरेपछि मात्र भन्न पुष्टि हुने उहाँले बताउनुभयो । एसईई परीक्षा बिहान ८ बजेदेखि शुरु हुन्छ ।

हिजो पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश २ भरिकालागि परीक्षा नै रद्द गरिएको थियो ।

Comments