सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आउंदै गरेको नेपाली नयाँ वर्षको अवसरमा क्रुज पार्टी आयोजना हुनेभएको छ । अर्घाखाँची जिल्लामा घर भइ हाल अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुको समाज अर्घाखाँची समाज अष्ट्रेलियाले कार्यक्रमको आयोजना गरेको हो ।

क्रुज पार्टी आगामी अप्रिल १३, शनिबारका दिनमा हुनेछ । उक्त क्रुज पार्टीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम संगै डिकी बम्जन र सगुन लामा विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

क्रुज पार्टीमा सहभागिताको लागि ६० डलर शुल्क लाग्नेछ । पाँच वर्ष मुनिका बालबालिकालाई शुल्क लाग्ने छैन भने पाँच वर्ष भन्दा माथिका बालबालिकाको लागि शुल्कमा छुटको व्यवस्था रहेको छ । कार्यक्रमबाट बचत भएको शुल्क अर्घाखाँची जिल्लाको ग्रामिण भेगका सरकारी स्कुलका विद्यार्थीहरुका लागि छात्रवृत्ति स्वरुप प्रदान गरिने आयोजकले जनाएका छन् ।

ओसनिया कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको उक्त क्रुज पार्टी सिड्नी स्थित King St Wharf, The Promenade, via Lime Street मा हुनेछ । पार्टी बेलुका ६ बजे देखि राती ११ बजेसम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments