सिड्नी । वुलवर्थले गत मार्च १४, बिहिबारको दिनमा अनलाइन सेल राखेको थियो । उक्त सेलमा २४ घण्टाको लागि ५० प्रतिशत छुट राखिएको थियो र त्यसको लागि उक्त २४ घण्टा भित्र अनलाइन अर्डर गर्नुपर्ने थियो । सेल फ्रोजन आइटममा मात्र थियो ।

पहिले हल्ला मात्र लागेको उक्त सुचना साँचो भएपछि धेरैले उक्त सेलको समयमा फ्रोजन आइटम अर्डर गरे । अनलाइन अर्डर सोंचेको भन्दा निकै नै धेरै आएको वुलवर्थले बताएको छ । जसले गर्दा सामान पुर्याउन नसकिएको जानकारी समेत दिएको छ ।

सामान नपाएपछि केहीले केही दिन पछि पैसा फिर्ता पाएका छन् । तर केहीले भने अर्डर गरेको पन्ध्र दिन सम्म पनि सामान नपाउनु र अझ पैसा फिर्ता नपाएका कारण आक्रोश व्यक्त गरेका छन् ।

Source : 7 NEws 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments

comments