काठमाडौं । लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको खेलमा पराजित भएको अर्जेन्टिना त्यसपछिको खेलमा भने विजयी भएको छ ।

गएको शुक्रबार भेनेजुएलासँगको खेलमा अर्जेन्टिनाको टिममा मेस्सी थिए, तर उनको टिम ३–१ ले पराजित भयो । रुसमा भएको विश्वकप फुटबलपछि मेस्सी राष्ट्रिय टिममा पुनरागमन भएको खेल थियो त्यो, तर खेलको क्रममा चोटग्रस्त भएपछि उनी त्यसपछिका मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् ।

अर्जेन्टिनाले मंगलबार राति मैत्रीपूर्ण खेलमा मोरक्कोको सामना गरेको हो । मेस्सी बिहीन अर्जेन्टिनाले मोरक्कोमाथि १–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा ८३ औँ मिनेटमा एन्जल कोरियाले गरेको गोल निर्णायक बन्यो ।

खेल अवधिभर बलमा नियन्त्रण भने मोरक्कोको बढि थियो । मंगलबार राति नै भएउका अरु मैत्रीपूर्ण खेलमा सेनेगलले मालीलाई २–१ तथा अल्जेरियाले ट्युनिसियालाई १–० ले हराएका छन् ।

Comments

comments