प्रधानमन्त्री सुशील कोइरालाले माथिल्लो तहमा भ्रस्टाचार बढ्यो भन्ने अभिव्यक्ति दिए लगत्तै संसदको शुन्य समयमा  सभासदहरुले कोइराला माथिनै प्रश्न उठाउन थालेका छन् | आफ्नै दलका बैठकमा मन्त्रीहरु माथी भ्रस्टाचारको अभियोग लगाउंदै हिड्ने तीनवटा मोबाइल सम्पत्ति भएका प्रधानमन्त्रीको सिरानीबाट १२ लाख हराएको समाचार के हो , सम्पत्ति नभएका प्रधानमन्त्रीको सिरानीमा १२ लाख  कसरी आयो ? सभासद भवानी खापुङले संसदमै प्रश्न ठड्याइन् | प्रधानमन्त्रीको काम र कुराको तालमेल नमिलेको उनको आसय थियो |

सांसदहरुले पछिल्लो घटनाहरुले मन्त्रीहरुको सम्पत्तिविरणबारे धेरैले प्रश्न उठाएका छन्  । शून्य समयमा बुद्धिराम भण्डारी, जयन्त चन्द, बाबुराम पोखरेल, पम्फा गिरी,  भरतबहादुर शाह, भवानी खापुङ, महेन्द्र शाही, मानबहादुर थारु, यज्ञराज सुनुवार, मोहन बानियाँ, मिलनकुमारी राजवंशी, मीना पुन, रञ्जनाकुमारी सरकार, रञ्जना श्रेष्ठलगायत १९ जनाले बोलेका थिए । अर्का, सभासद यज्ञराज सुनुवारले प्रधानमन्त्रीले माथिल्लो तहमा भ्रष्टाचार बढ्यो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत बताए ।

Comments

comments