काठमाडौं । जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले ४५ वर्षीय पुरुषले ३८ वर्षीय श्रीमतीलाई जबर्जस्ती गरेको ठहर गरेको हो ।

७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने उनले सफाइ पाएका छन् । श्रीमतीको सहमतिबिना यौनसम्बन्ध राखेको प्रमाण जुटेपछि अभियुक्तलाई दण्डित गरिएको अदालतका स्रेस्तेदार राजकुमार आर्चाले बताए ।

मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा ४ मा व्यवस्था भएबमोजिम कैद गर्न व्यवस्था छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments