एजेन्सी । युरो कप छनोट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

मोन्टेनेग्रोले खेलमा सुरुवाती अग्रता लिएको थियो । मोन्टेनेग्रोको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा रोस बार्क्लीले दुई गोल गरे ।  यस्तै कप्तान ह्यारी केन, माइकल किन र रहिम स्ट्रलिङले एक एक गोल गरे । घरेलु टोलीका मार्को भेसोभिकले एक गोल गरे । जितसँगै इङ्ल्याण्डले ६ अंक बनाएको छ ।

सोमबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले आइसल्याण्डलाई ४–० गोलले हरायो । फ्रान्सको जितमा स्यामुल उमटीटीले १२ औँ मिनेटमा सुरुवाती गोल गरे । उनले केलियन एमबाप्पेको पासका गोल गरेका थिए । ओलिभर गिरोडले ६८ औँ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरे । एन्टोइन ग्रिजम्यानले ८४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई फराकिलाे जित दिलाए । जितसँगै फ्रान्सले समूहमा ६ अंक बनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments