काठमाडौं । तरकारी मध्येमा भिंडी धेरै जसोले मन पराउने तरकारी हो । भिंडीलाई अचारको रुपमा र तरकारीको रुपमा पनि फरक फरक तरिकाले पकाउन सकिन्छ । यदि भिंडीलाई अमिलो, पिरो, ग्रेभी अर्थात चटपटेको स्वादमा खान चाहनुहुन्छ भने यसलाई सजिलो तरिकाले घरमा बनाउन सक्नुहुन्छ ।

आवश्यक सामग्री :

भिंडी, दही, तेल, जिरा, नुन, बेसार, हिङ्ग

अदुवा, खुर्सानी, धनियाँ, लसुन, प्याज, टमाटर, कागती

विधी :

एउटा भाँडोमा तेल तताउनुहोस् र त्यसमा प्याज फ्राई गर्नुहोस् ।

प्याज फ्राई भएपछि भिंडी राखेर चलाउनुहोस् ।

अब भिंडीलाई एउटा कचौरामा निकाल्नुहोस् ।

भिंडी फ्राई गरेको भाँडोमा फेरी तेल तताएर राख्नुहोस् ।

त्यसमा जिरा, हिङ्ग र अदुवा, लसुन र खुर्सानी राखेर चलाउनुहोस् ।

अब त्यसमा धुलो खुर्सानी र टमाटर राख्नुहोस् ।

त्यसमा नुन, बेसार, धनियाँ, मसला राखेर चलाउनुहोस् र त्यसमा पानी राखेर पकाउनुहोस् ।

अब त्यसमा दही राख्नुहोस् । केही छिन चलाउनुहोस् ।

त्यसमा कागतीको रस राखेर ढाकेर पकाउनुहोस् ।

Comments