काठमाडौं । मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ अष्ट्रेलियाका दर्शकहरुले हेर्न पाइने भएको छ ।

ओभरसिजमा नेपाली फिल्मको ठूलो बजार मानिने अष्ट्रेलियामा दालभात तरकारी महँगो मुल्यमा फिल्म विक्री भएको निर्माता मध्येका एक किरण केसीले जानकारी दिएका छन् । उनले विपिन बस्नेत र इराकु लामाले ४५ लाखमा अष्ट्रेलिया राइट्स खरिद गरेको बताए । फिल्मको आधा लगानी लगभग अष्ट्रेलिया राइट्सबाटै उठेको देखिन्छ । अन्य देशमा पनि फिल्मको माग बढ्दो रहेको किरण बताउँछन् ।

ट्रेलर रिलिज भएपछि फिल्मको ओभरसिजमा थप डिमाण्ड बढ्ने निर्माण टिमको विश्वास छ ।

अर्को वर्षको बहुप्रतिक्षीत फिल्ममध्येको एक चलचित्र दाल भात तरकारी
‘भिजिट भिषामा’ गीत सार्वजनिक भएसँगै चर्चाको शिखरमा रहेको छ । यो गीतले युट्युबमा करोड भ्यूज बटुलिसकेको छ । दोस्रो गीत दालभात तरकारी पनि अहिले टे«न्डिङमा रहेको छ । नयाँ वर्षलाई अवसर पारेर बैशाख २० मा रिलिज हुने यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ को सफलतापछि बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले यो फिल्म निर्माण गरेका हुन् ।

हरिवंश आचार्य र निरुता सिंह फिल्ममा श्रीमान्(श्रीमतीको भूमिकामा छन् । ुमंगलमु फेम्ड अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा प्रेम(प्रेमिकाको रुपमा प्रस्तुत छन् । हरेक मानिसले दात भात तरकारी खानका लागि गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको बताइएको छ ।

बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।

Comments

comments