मेलबर्न । अष्ट्रेलियावासी माधव न्यौपानेको नयाँ म्युजिक भिडियो ‘चौध अञ्चल ससुराल’ सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिनमै यस म्युजिक भिडियोको भ्युज दुई लाख पुगेको छ ।

शब्द तथा संगीत माधव न्यौपानेको रहेको गीतलाई चर्चित गायक खुमन अधिकारिले गाएका छन् । गीतमा कृष्ण बिकको संयोजन रहेको छ ।

अराज केशवको फिचारिंग समेत रहेको यस गीतको म्युजिक भिडियोमा पल शाह र सारा शेर्पालीको नृत्य तथा अभिनय रहेको छ । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

चौध अञ्चल म्युजिक भिडियोलाई इनाक्षी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुका लागि भरपर्दो साथीको रुपमा चिनिएको बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीले म्युजिक भिडियोलाई प्रायोजन गरेको छ ।

Comments

comments