काठमाडौं । १६ वर्षीया किशोरी बलात्कार र यौन दुव्र्यवहार आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा पोखराको नगरविकास समिति अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ र यौन दुव्र्यवहार आरोपमा एनआईसी एसिया बैंकको पस्र्याङ शाखा प्रबन्धक सुवास सुवेदी पक्राउ परेका हुन् ।

श्रेष्ठमाथि गत दशैंदेखि अश्लिील हर्कत देखाउँदै पटकपटक बलात्कार गरेको आरोप छ । श्रष्ठले आफ्नो होटलसँगैको घरमा बस्ने किशोरी राति सुत्ने कोठामा जाने क्रममा जिस्काउने र झ्यालबाट पसेर बलात्कार गर्ने गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छन् ।

प्रहरी स्रोतका अनुसार फागुन २७ मा पछिल्लो पटक बलात्कार गरेको आरोप श्रेष्ठमाथि छ । उनी भर्याङ राखेर किशोरीको कोठामा गएको स्रोतले जनायो ।समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments