काठमाडौं । संखुवासभाका सुदीप श्रेष्ठ (नाम परिवर्तन) अहिले ३२ वर्षका भए । २३ वर्षको छँदा उनलाई जिउ र टाउको दुख्ने समस्या देखियो । केही दिनको पर्खाइमा ठीक नभएपछि तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा गए । स्वास्थ्यकर्मीले पेनकिलर प्रयोग गर्न सल्लाह दिए । दुखाइ कम गर्ने नाममा धेरै पेनकिलर सेवन गर्दा अहिले उनको मिर्गौलामा समस्या देखिएको छ ।

मुगुकी ५३ वर्षीया रश्मि रोका (नाम परिवर्तन)लाई १५ वर्षअघि जोर्नी दुख्ने समस्या देखियो । अन्य उपचारले ठीक नभएपछि नियमित पेनकिलर प्रयोग गर्न थालिन् । केही वर्षपछि उनलाई रगत नै बान्ता हुन थाल्यो । उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा आइन् । डां दीपेन्द्र पाण्डेका अनुसार स्वास्थ्य जाँच गर्दा महिलाको मिर्गौला फेल भएको देखियो । अहिले नियमित डायलासिस गरिरहेकी छिन् ।

धादिङका जुडे कुमाल (नाम परिवर्तन)लाई १० वर्षदेखि उच्च रक्तचापको समस्या देखियो । ४३ वर्षका कुमाल प्रेसरका कारण टाउको दुखेपछि अहेवको सल्लाहमा नियमित पेनकिलर सेवन गर्न थाले । तर, पछिल्लो समय शरीर दुख्न थालेपछि उनी उपचारका लागि ट्रमा सेन्टर आए । परीक्षण गर्दा उनको मुटु नै फेल हुने अवस्थामा पुगेको रिपोर्ट आएको डां दीपेन्द्र पाण्डेले बताए ।

नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् । सामाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments