काठमाडौं । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको छ । १५ दिनदेखि अस्वस्थ रहेका कासरियाको ५१ वर्षको उमेरमा शुक्रबार साँझ भारतको लखनउमा उपचार क्रममा मृत्यु भएको हो ।

भारतको इलाहावदमा लागेको कुम्भ मेलाबाट घर फर्किएपछि कासरिया अस्वस्थ भएका थिए । उनलाई रुघाखोकी र ज्वरो आएपछि वीरगन्जका फिजिसियन निरज सिंहको क्लिनिकमा भर्ना गरिएको थियो । तर त्यहाँ उनको स्वास्थ्य सुधार नआएपछि थप उपचारका लागि भारत पाटनस्थित अस्पतालमा पु¥याइएको थियो ।

कासरियाका भतिजा अमित अग्रवालका अनुसार पाटन अस्पतालमै उपचारको क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments