मेलबर्न । अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई क्षेत्रीय विश्वविद्यालय र कलेजहरुमा भर्ना हुन अभिप्रेरित गर्ने योजना र नीति सार्वजनिक गरेको छ ।

सरकारले यसै साता सार्वजनिक गरेको नयाँ अध्यागमन नीति अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सिड्नी,मेलबर्न र क्वीन्सल्याण्ड वाहेकका राज्यमा रहेको विश्वविद्यालय र कलेजहरुमा भर्ना हुन अभिप्रेरित गर्ने कार्यक्रमहरु घोषणा गरेको हो । अन्तराष्ट्रिय विद्यार्थीहरुलाई क्षेत्रीय विश्वविद्यालय र कलेजहरुमा आकर्षित गर्न एक हजार जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । छात्रवृत्तिको मूल्य जनही १५ हजार डलर रहनेछ । क्षेत्रीय रुपमा अध्ययन गरेका विद्यार्थीहरुलाई अध्ययनपछि वर्किङ भिसामा समेत प्राथमिकता दिने सरकारले घोषणा गरेको छ ।

सरकारको यो घोषणापछि सिड्नी र मेलबर्न लगायतका राज्यहरुमा बढेको विद्यार्थीहरुको चाप घट्ने अपेक्षा गरिएको छ । यहाँको शहरी व्यवस्थापन तथा जनसंख्या मन्त्री एलन टजका अनुसार सरकारले हरेक वर्ष २३ हजार भूगोलमा आधारित भिसा पनि प्रदान गर्ने योजना बनाएको छ । यस्तो भिसा पाएकाले अष्ट्रेलियाको तोकिएको राज्य वा शहरमा मात्र बसोवास गर्न र काम गर्न अनुमति पाउनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments