काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाइएको प्रतिबन्ध घातक हुन सक्ने अभिव्यक्ति सेनाबाट आएपछि ऊसँग सरकार रुष्ट बनेको हो ।

यसै विषयलाई लिएर सरकारले सेनाको नेतृत्वसँग मौखिक रुपमा सोधपुछ गरेको छ । सरकारले बल प्रयोग गरेर नियन्त्रणमा लिन विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको हो ।

बिहीबार विप्लव नेतृत्वको नेकपा कारण उत्पन्न समस्याको समाधान राजनीतिक रुपमा गर्नुपर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत सेना यही धारणा राखेको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि सरकार रुष्ट बनेको हो ।

यसै विषयलाई लिएर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र रक्षासचिव रेश्मीराज पाण्डेले जंगी अड्डासँग मौखिक रुपमा जानकारी मागेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments