काठमाडौं । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

काठमाडौंका सडकमा सर्वसाधारण यात्रु सडक वारपार गर्न आकाशे पुल नहुँदा सर्वसाधारण यात्रुहरु पनि सडकबाटै बाटो काट्नु पर्ने बाध्यता रहेको छ । सर्वसाधारणको अत्याधिक चाप हुने क्षेत्रमा ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सास्ती हुने गरेको छ । कार्यालय समय पिक आवरमा काठमाडौंको मुख्य चोक–चोकमा अत्याधिक रुपमा सवारी जाम हुने गरेको छ ।

बढदो सवारीसँगै सडकको ठाउँठाउँमा आकाशे पुल नहुँदा सवारी जाम हुने क्रम बढेको छ । काठमाडौंको सीमित ठाउँमा मात्र आकाशे पुल रहेको छ । सडक विभागले आकाशे पुल निर्माण गर्ने योजना अगाडि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन् । सडकका चोकचोकमा ट्राफिक लाइट नहुँदा धेरै संख्यामा ट्राफिक प्रहरी खटिने गरेका छन् । नेपालसमाचार पत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

सडक विभागले अत्याधिक रुपमा सवारी जाम हुने मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने काम अगाडि बढाएको हो । विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ) पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments