अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्र्तगत गएराति सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिनाले शानदार जित हात पारेका छन् ।

सिंगापुरमा भएको खेलमा ब्राजिलाई जित दिलाउन कप्तान नेयमारले कीर्तिमानी ४ गोल गरे । पहिलो हाफमा १–० ले अघि रहेको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो । यो संगै नेयमारले ५८ खेलमा ४० गोल गर्दै कीर्तिमान समेत बनाएका छन् ।  त्यस्तै हङकङमा भएको अर्को खेलमा अर्जेन्टिनाले घरेलु टोलिमाथि ७–० को शानदार जित हात पारेको छ । अर्जेन्टिनाको जितमा लियोनल मेस्सी, गोञ्जालो हिगुएन रस निकोलास जाइतानले समान २ गोल र एभर बानेगाले एक गोल गरे ।

यस्तै मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले कोस्टारिकासँग ३–१ को पराजय बेहोर्दा चीनले बलियो प्रतिद्वन्दी पाराग्वेलाई २–१ ले पराजित गरेको छ ।

Please follow and like us:

Comments