काठमाडौं । रेखा थापाले क्रिकेटको एउटा टिम किनेकी छिन् । उनले पहिलो महिला टी–२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् ।

आगामी बैशाख पहिलो महिला टी–२० लिग हुने भएको छ । उक्त प्रथम टी-२० लिग एनसिएल स्पोर्टसको आयोजनामा ७ बैशाखबाट विराटनगरको बैजनाथपुर रंगशालामा हुने बताइएको छ ।

रेखाले काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी क्रिकेट टोली किनेकी हुन् । रेखाको टोलीकी मार्की खेलाडी नेपाली महिला टोलीकी पूर्व कप्तान नेरी थापा रहेकी छिन् ।

प्रतियोगितामा रेखाको काठमाडौंसँगै विराटनगर रोयोरिंङ लायोनेस, भैरहवा क्विन्स् र धनगढी वन्डर वुमेन रहेका छन।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments