काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीको पछिल्लो फेसबुक स्टाटसले नेपाली चलचित्र क्षेत्र तरंगित भएको छ ।

शुक्रवारबाट रिलिज भएको पूरानो बुलेट चलचित्रकी अभिनेत्री बर्षाले शनिवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपलोड गरी गुनासो व्यक्त गरेकी छिन् । पूरानो बुलेट चलचित्रको पहिलो दिनको रिपोर्ट उत्साहजनक नभएपछि चलचित्रकी नायिका वर्षाले गुनासो व्यक्त गरेकी हुन् । स्टाटसमा उनले आफू कुनै स्टार परिवारकी सदस्य वा कुनै हिट ब्यानरकी नायिका नभएकोले आफूले दर्शकहरुको ध्यान तान्न नसकेको उल्लेख गरेकी छिन् ।

साथै उनले चलचित्र चलाउन कि त कसैकी गर्लफ्रेण्ड हुनुपर्ने या युट्युवमा विभिन्न फन्डा गरिरहनुपर्ने बताएकी छिन् । आफू यी सबैबाट अछुतो रहेकोले दर्शकहरुको साथ नपाएको लेखेकी छिन् ।

उनको स्टाटसमा कमेन्ट गर्नेहरुले भने वर्षालाई यस्ता कुराहरुबाट निराश नहुन र निरन्तर अघि बढिरहन सुझाएका छन् ।

Comments

comments