काठमाडौं । पटक पटकको छलफलपछि अन्ततः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय मन्त्रिपरिषद सदस्य फेरबदल गर्न सहमत भएकाछन् ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० वीच केही मन्त्री फेरवदल गर्न सहमति जुटेको हो ।

मन्त्री फेर्ने चर्चाकै वीच केही मन्त्रीहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितता अभियोगमा उजुरी समेत परेको भन्दै दुई शीर्ष नेता फेरबदलमा सहमत भएको श्रोतको दावी छ ।

श्रोतका अनुसार अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि नै फेरवदल गर्ने सहमति जुटेको छ । कुनै प्राविधिक कारणवस उहा ९प्रचण्ड० अमेरिका जानेबेलासम्म फेरबदल हुन नसके उहाँ फर्केर नआउदै मन्त्री फेरिइसकेका हुनेछन्,’ श्रोतले शिलापत्रसँग भन्यो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लािग आइतबार अमेरिका जाने कार्यक्रम तय भएको छ ।

पहिलो चरणमा बाहिरिने मन्त्रीमा उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव छन् । यादव मन्त्री बनेको ६ महिना पुग्नेवित्तिकै उनलाई हटाउने चर्चा चलेको थियो । यादवसँग प्रचण्ड स्वयंपनि असन्तुष्ट रहेको बताइन्छ । भनेजति काम गर्न नसकेको र नयाँ योजना ल्याउन नसकेको प्रचण्ड निकट बताउँछन् । उनले आफु निकट व्यक्तिलाई मनमौजी गर्न छुट दिएको पूर्वमाओवादीका नेताहरु बताउछन् ।

हट्ने सूचिको अर्को नम्वरमा छन्, कृषिमन्त्री चन्द्र प्रकाश खनाल । खनाललाई पनि काम गर्न नसकेको भन्दै पार्टीं भित्र कुरा चल्ने गरेको थियो । खनालले किसानको पक्षमा काम गर्न नसकेको भन्दै प्रचण्ड निवासमा किसान संगठनका नेताहरुले पटक–पटक गुनासो गदै आएका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरपनि पहिलो पटक फेरिने मन्त्रीको लिस्टमा परेको नेकपा उच्च स्रोतले बतायो । मगरलाई अर्को मन्त्रालयको जिम्मा दिने पनि संभावना छ ।

दशैंमा काठमाडौंमा मेलम्चीको पानी आउने प्रतिबद्धता जनाएकी मन्त्रीले पुरा गर्न नसेकपछि सार्वजनिक रुपमा नै गुनासो आउन थालेको छ । मेलम्चीमा काम गरिरहेको कम्पनी र मन्त्रालयबीच पटक पटक विवाद भएपछि समस्या समाधान हुन सकेको छैन ।

नेकपा श्रोतका अनुसार यातायत व्यवस्था मन्त्री रघुवीर महासेठपनि पहिलो चरणमै फेरवदलमा पर्ने भएका छन् । सरकारले सिण्डिकेट हटाउन प्रयास गर्दा यातायात व्यवसायीसँग मिलेर हटाउन नदिएको आरोप पार्टीभित्र उनले खेपिरहेकाछन् ।

उनले कयौं साना यातायातका साधन चल्ने सडकमा ठूला यातायातलाई अनुमति दिएका थिए । जुन पछि धेरै विवाद भएको थियो । काम नगर्ने ठेकेदारलाई गिरफ्तार गर्न सरकारले निर्देशन दिंदापनि बेवास्ता गरेको आरोप उनीमाथि छ ।

खाली भएका मन्त्रालयमा पूर्व माओवादीबाट तीन जना मन्त्री थपिने बताइएको छ । सुदुरपश्चिमका लेखराज भट्ट, सिन्धुपाल्चोकका अग्नी सापकोटा र रुकुमका जनार्दन शर्माको चर्चा पूर्व माओवादीमा चलेको एक नेताले बताए ।

तीनै जना पहिला पनि मन्त्री भइसकेका नेता हुन । भट्ट यातायात मन्त्री भएका थिए । सापकोटा वनमन्त्री भएका थिए । शर्मा उर्जा र गृहमन्त्री भएका थिए । शर्मालाई लोडसेडिङ हटाएको जस छ ।

पूर्व एमालेको कोटामा रहेका महासेठको स्थानमा महेश बस्नेत आउने चर्चा छ । बस्नेत पहिला पनि उद्योग मन्त्री बनिसकेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिन्छन् ।

सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटालाई भने पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मा दिने चर्चा नेकपा भित्र चलेको छ । भूमिसुधार मन्त्री पद्मा अर्यालले भने बालबालिका मन्त्रालयको जिम्मा पाउने नेकपाका नेताहरु बताउछन् ।

Comments

comments