काठमाडौं । सुखद भविष्य खोज्दै रोजगारीका लागि विदेशीएका महिला विदेशमा पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमासमेत पर्ने गरेको पाइएको छ।

शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनु पर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रुप लिने खतरा बढेको छ। वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम रोकिएको छैन्।

Comments

comments