भारतको महाराष्ट्र र हरियाणामा आज बिधानसभाको निर्वाचन भइरहेको छ ।

दुबै राज्यको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि परीक्षाकै रुपमा हेरिएको छ । महाराष्ट्रमा २ सय ८८ सदस्यीय विधानसभाका लागि विभिन्न दलका र स्वतन्त्र गरी ४ हजार एक सय १९ उम्मेदवार मौदानमा उत्रेका छन् । यो राष्ट्रमा ८ करोड २५ लाख मतदाता रहेका छन् । २५ वर्षपछि भारतीय जनता पार्टी र शिव सेना अलग–अलग रुपमा प्रतिस्पर्धामा उत्रेका छन् । यसैगरी हरियाणा राज्यमा १ करोड ६३ लाख मतदाताले मौदानमा उत्रेका १ हजार ३ सय ५१ उम्मेदवारको भाग्य निर्धारण गर्दैछन् । चुनावलाई मध्यनजर गर्दै भारतभर सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

Comments

comments