काठमाडौं । नेत्रविक्रम चन्द नेकपाले आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

विप्लवको बन्द आव्हानले काठमाडौ उपत्यकामा भने खासै असर परेको छैन । हालसम्म कुनैपनि अप्रिय घटना नघटेको महानगरीय परिसर काठमाडौका प्रमुख बसन्त लामाले जानकारी दिनु भयो । बिहान उपत्यकामा यातायातका साधनहरु साविकभन्दा कम चलेको भएपनि हाल सामान्यरुपमा निर्वाध रुपमा सञ्चालन भएको प्रहरीको भनाई छ ।

उता कास्कीको पोखरा सभागृह परिसरमा फेला परेको सामान्य प्रकृतिको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको छ । त्यसैगरी बुटवलको कालिका चोकमा पनि शंकास्पद बस्तु फेला परेको र नेपाली सेनाको बम डिष्पोजल टोली घटना स्थलमा पुगेको रुपन्देही प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको दामनमा अज्ञात समूहले ट्रकमा आगजनी गरेका छन् । आगजनीमा मानवीय क्षति नभएपनि ट्रकमा क्षति पुगेको छ । आगजनी विप्लव समूहले गराएको हुनसक्ने प्रहरीको अनुमान छ । मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको छ । सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज प्रक्रिया शुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

Comments

comments