काठमाडौं । हुलाकी राजमार्ग योजना कार्यालयले सरकारी गाडी भारतबाट तस्करीको सामान ओसार्न प्रयोग गरिएको खुलेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जीप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको समान आर्सान प्रयोग गर्दै आएका छन् ।

आइतबार राति तस्करीको सामानसहित उक्त जीप वीरगन्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्य खुलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जीपमा भारतको रक्सौलबाट हार्डवेयरका सामान,राजश्व छलेर वीरगन्ज ल्याउँदै गरेकाे अवस्थामा भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments