मेलबर्न । गत बर्ष जस्तै यस वर्ष पनि एडिलेडमा भव्य होली फेस्टिवल हुने भएको छ ।

एडिलेड नेपालले यस वर्ष पनि फागु पुर्णिमाका दिन होली फेस्टिवल कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको उत्साह र उमंग देखेर पुनः यस वर्ष फागु पुर्णिमाका दिन होली फेस्टिवल आयोजना गर्न लागिएको एडिलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताउनुभयो ।

स्थानीय मिचेल पार्क रिजर्भमा मार्च १७ का दिन हुने होली फेस्टिवलकालागि नेपालबाट चिर परिचित गायक प्रमोद खरेल, सुदिन पोख्रेल, गायिका आस्था राउत, नायिका केकी अधिकारी एवं हास्यकलाकार दिनेश काफ्ले आउने ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कलाकारहरुलाई पनि यस अवसरमा आफ्नो कला प्रस्तुति गर्नेछन् ।

प्रवेश निःशुल्क गरिएको होलि फेस्टिवललाइ वतावरण मैत्री बनाउन विभिन्न हानिकारक रङलाई निषेध गर्दै हर्बल तथा रसायन्मुक्त रङ्ग सोही स्थलमा सुपथ मुल्यमा उपलब्ध गराइने भएको छ । यस्तै बिभिन्न फुड तथा कर्पोरट् स्टल पनि होलि फेस्टिवलको आकर्षणको रुपमा रहने आयोजकले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments