मेलबर्न । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा फेरि संक्रमक रुघाखोकीको महामारी आउनसक्ने चेतावनी दिएको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयेयुसले विज्ञप्ति जारी गर्दै संक्रमक रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्ने र त्यसका लागि तयार रहनुपर्ने जनाएका हुन् । उनले विश्वव्यापी रुघाखोकीको संक्रमण कुनै पनि बेला महामारीको रुपमा देखापर्न सक्ने उल्लेख गर्दै यसले विश्वका ठूलो संख्यामा मानिसहरु प्रभावित हुनसक्ने चेतावनी समेत दिएका हुन् । यसबाट बच्न संक्रमणको जोखिममा रहने मानिसहरु विशेषगरी बृद्ध, शिशु तथा दीर्घरोगीलाई खोप दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो संक्रमण सन् २००९–२०१० मा एचवानएनवान भाइरसको संक्रमण आएको थियो । एक अध्ययनका अनुसार त्यस संक्रमणको शुरुको वर्षमा विश्वका २० प्रतिशत मानिसहरु सक्रमित भएका थिए । विश्वभरका स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन डब्लूएचओले बेलाबेला जनावरबाट मानिसमा त्योभन्दा खतरनाक भाइरसको विश्वव्यापी संक्रमण आउनसक्ने चेतावनी दिँदै आएका छन् ।

Comments

comments