काठमाडौं । नेपाली समाजमा घरमा मन्दिर हुनुलाई धार्मिक तथा परम्पराको दृष्टिकोणले हेर्ने गरिन्छ । प्राय : जसो घरमा मन्दिर हुने गर्छ । घरमा मन्दिर राख्दा, घरमा भगवानले वास गर्छन्, भुत-प्रेत टाढा भाग्छन् भन्ने मान्यता छ ।

गाउँघर तिर तुलसीको मठलाई आँगनमा बनाइन्छ र त्यहीं पूजा गर्ने गरिन्छ । यसको साथै घरभित्र पनि भगवानका मूर्तिहरु राख्ने गरिन्छ । तर पनि मन्दिर कहाँ राख्ने भन्ने कुरामा मानिसहरु अलमलमा परेका हुन्छन् । आधुनिक जीवनशैली अनुसार , आधुनिक समय अनुसार बनेका आधुनिक घरमा यो समस्या अझ बढी हुन्छ। मानिसहरु कसैले भुइँमा मन्दिर राख्नु शुभ मान्छन् , कसैले भित्तोमा त कसैले कौसीमा ।

युवा ज्योतिष हरिहर अधिकारीले घरमा मन्दिर राख्ने ठाउँको बारेमा सुझाव दिएका छन् । उनका अनुसार उत्तर-पूर्व तिरको कुनाको दिशामा मन्दिर बनाउनुपर्छ। थप जानकारीको लागि हेर्नुहोस् भिडियो :  

Comments

comments