मेलबर्न । मेलबर्नमा सञ्चालन भएको यति कप नेशनल च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि आयोजक यति क्लबले जितेको छ ।

दुई दिनसम्म लगातार चलेको प्रतियोगितामा १६ टिमको सहभागितामा रहेको थियो । आइतवार सम्पन्न प्रतियोगिताको फाईनलमा मेलबर्नको युनाईटेड फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै यति फुटबल क्लब च्याम्पियन बन्न सफल भएको हो । यति क्लबको यो ह्याट्रिक उपाधि हो । तीन पटक लगातार जीत हासिल गरेर यतिले ह्याट्रिक गर्न सफल भएको हो । प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा अभियान प्रधानको गोलमा यति क्लबले जीत दर्ता गरेको हो ।

अर्कोतर्फ ३५ वर्षमाथिको उमेर समूहको फाईनल खेल हिमालयन युथ क्लबले जित्यो ।

सिड्नीको माछापुच्छ्रे फुटबल क्लबलाई शून्य एक गोलले पराजित गर्दै हिमालयन युथ क्लबले उपाधि जितेको हो ।

प्रतियोगिता डेरेविन ईन्टरनेशनल स्पोर्टस सेन्टर थनवरीमा आयोजना गरिएको थियो ।

Comments