काठमाडौं । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ । अचारले संगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ । अचार एउटा ताजा हुन्छ भने अर्को बोतलमा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ ।

खाँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्री

बोक्रा नखुर्किएको मुला

तेल, बेसार, रातो खुर्सानीको धुलो, नुन

लसुन, हरियो खुर्सानी, जिरा, तोरी

 

विधि

मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।

मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।

मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।

त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।

दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।

प्यानमा तोरी भुटेर पिस्ने ।

अब जिरा भुट्ने र पिस्ने ।

मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।

अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।

त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।

बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

 

Comments

comments