काठमाडौँको  बबरमहल सडक खण्डमा हिजो साँझ ३ जनाको ज्यान जाने गरि भएको  बस दुर्घटनामा दोषी ठानिएका  बसका चालक  चन्द्रबहादुर तामाङलाई सिंहदरबार प्रहरी प्रभागले मंगलबार (आज)  पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।

काभ्रेको धुलिखेलबाट काठमाडौं आएको बस अचानक सडकमा पल्टिँदा सोमबार मोटरसाइकलमा सवार  ३ जनाको चेपिएर  मृत्यु भएको थियो । बसले ४ ओटा मोटरसाइकल किचेकोथियो , घाइते  ८ जनाको उपचार जारि छ | घाइते मध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ |

Comments