मेलबर्न । महिला पुरुषको हक अधिकार तथा सामाजिक रुपमा समेत समानता भएका देश विश्वमा छ वटा छन् । शतप्रतिशतलाई आधार मानेर हेर्दा अष्ट्रेलिया शतप्रतिशतमा पर्दैन । तर एक अध्ययन अनुसार अष्ट्रेलियामा लैङ्गिक समानता ९६ दशमलब ८८ प्रतिशत रहेको छ ।

यो तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार, बेल्जियम, डेनमार्क, फ्रान्स, लक्जेम्बर्ग, स्विडेन, ल्याभिया देशमा लैङ्गिक समानता शत प्रतिशत छ ।

क्यानाडा, बेलायत, स्पेन, फिनल्याण्ड, ग्रिस र पर्चुगल लैङ्गिक समानतामा अष्ट्रेलिया भन्दा माथी छन् ।

विश्व बैंकको उक्त अध्ययनमा सार्वजनिक ठाउँमा जाँदा, जागिरको अवसर, तलब, विवाह, बच्चा हुर्काउनु, व्यवसाय गर्नु, सम्पत्ति र पेन्सनलाई आधार मानिएको थियो । अष्ट्रेलियामा अरु कुराले शतप्रतिशत पायो तर पेन्सनमा भने असमानता देखियो, जसले गर्दा ९६ दशमलब ८८ प्रतिशत नतिजा आयो ।

Source : au.finance.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments