काठमाडौं । बर्गर विदेशी खाना हो । तर पछिल्लो समय नेपालमा पनि यो परिकार लोकप्रिय हुँदै गएको छ । बर्गर शाकाहारी र मांसाहारी दुवैको लागि तयार गर्न सकिन्छ । यहाँ चिकेन चिज बर्गर बनाउने तरिकाको बारेमा चर्चा गरिएको छ ।

बर्गर बनाउनको लागि एउटा भाँडोमा यिस्ट ( मर्चा ) , तातो पानी र थोरै पीठो राखेर चलाउने र त्यसलाई फुल्न दिने ।

अब त्यसमा अण्डा, नुन , चिनी, पगालेको नौनी र पीठो राखेर मुछ्ने । मुछिसकेपछी पीठोमा तेल लगाउने र एक घण्टासम्म यत्तिकै छोपेर राख्ने।

एक घण्टा पछि पिठोलाई चुडा बनाउने र काटेर गोलो गोलो आकारको बनाउने। सबै गोलो डल्लालाई ३० मिनेटसम्म छोपेर राख्ने ।

त्यसपछि सबैमा दुध र अण्डाको मिक्स लगाएर तिल छर्कने र बेक गर्न छोड्ने ।

एउटा भाँडोमा किमा गरिएको मासु राख्ने र त्यसमा अण्डा, हरियो प्याज, लसुन, धनियाँ र खुर्सानीको धुलो राखेर मुछ्ने ।

अब त्यसलाई सानो रोटीको आकारमा बनाउने र प्यानमा पकाउने ।

अब अघि बेक गर्न राखेको पाउरोटी निकाल्ने र मासु, सलाद, सस राखेर बर्गर तयार गर्ने ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments