संसारका शक्ति राष्ट्र र संचार माध्यममा सनसनी पूर्ण रुपमा फैलिएको किम जोंग युन बेपत्ता भए भन्ने आधार हिन आशंकालाइ  मेट्दै उनि सार्वजनिक  भएका छन् | बिरामी जस्ता देखिन किम जोंग युन लठ्ठीको साहारामा हिडेको तस्विर सार्वजनिक भएको छ |

विश्व समुदायले शंकाको रुपमा हेर्ने उत्तर कोरियालि  गतिबिधिलाइ पछिल्लो समय रहस्य मय  बनेको किम जोंग युन बेपत्ता प्रकरणलाइ बिभिन्न कोणबाट ब्याख्या गरिएको थियो | उत्तर कोरियाली नेता किम जोंग युन गत सेप्टेम्बर ३ देखि सार्वजनिक रुपमा देखिएका थिएनन् | पछिल्लो पटक सार्वजनिक तस्विर हरुले  खुट्टाको दुखाइका कारण ३२ बर्षीय नेता किम लट्ठीको सहारामा हिडडुल गर्नु पर्ने भएकाले सार्वजनिक नभएको हुनसक्ने  प्रमाणित गरेको छ |

तस्विर मात्रै सार्वजनिक 

किमको लट्ठी टेकेको अवस्थाको तस्विर मात्र सार्वजनिक भएका छन् | जसले गर्दा उनलाई कुन खालको शारीरिक समस्या छ भनेर अडकल गर्न समेत गार्हो भएको छ | तर उनले लठ्ठी टेकेकै आधारमा खुट्टाको समस्या हुन् सक्ने वा हिडाईमा समस्या छ भन्ने आशंका गरिएको छ | उनको भिडियो तस्विर भने अझै सर्वाजनिक भएको छैन |

यस अघि उनलाई राज्यको सुरक्षा निकायले नै कब्जामा लिएको हुन सक्ने अड्कल बाजी समेत गरिएको थियो भने कतिले त उनि जीवित हुन सक्नेमा पनि शंका ब्यक्त गरेका थिए | ( Image: AFP)

Comments