काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो ।

आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैँचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोसन गरेर नदीमा पठाउने कार्यक्रम छ । यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले आफूहरुले जग्गा परेको भन्दै मुआब्जा मागेपछि एक महिनादेखि काम ठप्प छ ।

‘स्थानीयले विवाद झिकेका छन्,’ अधिकार सम्पन्न बाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने, ‘एडीबीले हात झिक्ने चेतावनी दिएको छ, अब आयोजना अलपत्र पर्ने भयो ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments